विश्व

टर्की पुग्यो जापानबाट ७५ जनाको विपत् उद्दार टोली ​

संगीता कुँवर |
माघ २५, २०७९ बुधबार ११:५९ बजे

जापान - जापान सरकारले टर्की र सिरियामा गएको भूकम्पमा राहत तथा उद्दार टोली पठाउने निर्णयसँगै ७५ जनाको उद्दार टोली मंगलबार टर्की पुगेको छ । अन्तराष्ट्रिय फायर टोलीसहित विभिन्न प्राकृतिक विपतमा उद्दारको लागि तयार गरिएका कर्मचारीहरूलाई टिममा पठाइएको हो ।

यसअघि १८ जनाको उद्दार टोली भूकम्पलगत्तै सोमबार नै हानेदा विमानस्थलबाट प्रस्थान गरेको जापानी सन्चार माध्यमले जनाएका छन् । 


विपतमा सहयोगको लागि तयारी पोशाक र हेलमेल लगाएका उद्दारकर्ताले विमानस्थलमा बोल्दै आफूहरू भूकम्प पीडितको दु:खमा साथ दिन चाहेको बताए ।

२०१५ मा गएको नेपालको भूकम्पमा पनि जापानको विपत उद्दार टोली नेपाल पुगेको थियो। 


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x