विश्व

पश्चिम नाइजरमा विद्रोहीको आक्रमणमा १६ सिपाहीको मृत्यु

इकागज |
बैशाख २१, २०७८ मंगलबार ७:३ बजे

सांकेतिक तस्बिर

नियामे : पश्चिम अफ्रिकी मुलुक नाइजरको टिलियामा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा १६ जना सिपाहीको मृत्यु भएको छ । विद्रोहीको उक्त आक्रमणबाट क्याप्टेन मामान नामेवाको नेतृत्वमा रहेका अरु छ जना सैनिक घाइते भएको सेनाले जनाएको छ । विद्रोहीहरुले सेनालाई बारुदी सुरुङमा पारेको बताइएको छ । 

त्यस क्षेत्रका सचिव इब्राहिम मिकोले सेनासँग प्रत्यक्ष भिड्न नसकेपछि बारुदी सुरुङ बिस्फोट गराएर काँतरहरुले आक्रमण गरेको भन्दै आक्रोश पोखे । साहेल–सहारा क्षेत्रको विशाल भूमिमा शान्ति, सुरक्षा र विकासमाथि नै विद्रोहीहरुले निरन्तर धावा बोलिरहेका छन् । छिमेकी मुलुक चाडमा सक्रिय बोको हराम र उत्तरी मालीमा सक्रिय जिहादीका कारण यस क्षेत्रमा नाइजरका सेनामाथि लक्षित गरी आक्रमण हुने गरेको छ । 


गत मार्च २१ मा नाइजरको पश्चिम क्षेत्र ताहोउका विभिन्न स्थानमा अपरिचित बन्दुकधारीले गरेको आक्रमणमा परेर कम्तीमा १३७ जनाको मृत्यु भएको थियो । (सिन्ह्वा) 


Author

थप समाचार
x