बिल गेट्स दम्पत्तीको २७ वर्षपछि सम्बन्ध विच्छेद
काठमाडौँ : विश्वकै धनीमा लगातार एक नम्बरमा रहेर अहिले चौथोमा पुगेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पत्नी मेलिन्डा गेट्ससँग सम्बन्ध विच्छेद गरेका छन् । बिलले सामाजिक सञ्जालमार्फत पत्नी मेलिन्डा सँगको सम्बन्धलाई पूर्णविराम दिएको जनाएका हुन् ।
२७ वर्षदेखि सँगै रहेका उनीहरू अब छुट्टिएर रहने छन् । वैवाहिक सम्बन्धले विश्राम पाएसँगै उनीहरूका तीन सन्तानबारेमा भने कुनै कुरा खुलाइएको छैन । ‘हामीले निकै सोचेर नै यो हाम्रो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका हौँ,’ बिल गेट्सले ट्वीट गर्दै भनेका छन् ।
‘बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन’ मार्फत उनीहरु समाज/मानव सेवामा पनि होमिएका थिए । सम्बन्ध विच्छेद भए पनि यो फाउन्डेसन भने अघि बढ्ने बिल गेट्सले बताएका छन् । 'हाम्रो सम्बन्धमा विश्वास गर्दैनौँ,' दुवै जनाको नाममा लेखिएको स्टाटसमा लेखिएको छ, 'हामीले गर्न सक्ने काम भने सँगसँगै गर्नेछौ ।'
गेट्सको माइक्रमेफ्ट कम्पनीले नै टाइपराइटरको युग अन्त्य गराएको हो । अहिले विश्वभर मानिसहरु विभिन्न मोडलका कम्प्युटर प्रयोग गर्छन त्यसका कार्यक्रमहरू माइक्रोसफ्टले तय गरेका हुन्छन । अहिले पनि विश्वका एक अर्बभन्दा बढि मानिसले नयाँ भर्सनको विन्डोज चलाउँछन् । अहिले विन्डोज १० सञ्चालनमा छ ।
१९८० को दशकबाट यसको उपयोग बढेको हो । त्यही दशकमा नै यो कम्पनीले आफूलाई अब्बल ठहर्याई सकेको थियो । सन् १९९५ पछि अफिस तथा घरमा पर्सनल कम्प्युटरको प्रयोगमा यसले विश्वमा नै बर्चश्व कायम गर्यो । त्यतिबेला विन्डोज ९५ ले विश्व बजार कब्जा गर्यो । कम्प्युटरलाई सहज बनायो ।
इन्टरनेटको प्रयोग बढ्दै जाँदा माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरको नाममा आफ्नो छुट्टै ब्राउजर पनि प्रयोगमा ल्याएर विश्व बजारमा आफू बलियो बन्यो। यसमा राज्यको मुद्दा समेत खेपे गेट्सले । अनि विस्तारै भिडियो गेमदेखि अनेकन कार्यक्रम र नयाँ भर्सन लिएर अझै विश्व बजारमा यो कम्पनी सक्रिय छ ।
After a great deal of thought and a lot of work on our relationship, we have made the decision to end our marriage. Over...
Posted by Melinda French Gates on Monday, May 3, 2021
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया