विश्व

कंगना रनावतको ट्वीटर एकाउन्ट निलम्बनमा

इकागज |
बैशाख २१, २०७८ मंगलबार १४:१५ बजे

एजेन्सी : बलिउड अभिनेतृ पछिल्लो दुई दिन बंगालको चुनावमा दिएको टिप्पणीले गर्दा चर्चामा छिन् । पछिल्ला दुई दिनमा उनका केही ट्विटलाई 'आपत्तिजनक' मानिएको छ । अन्तत: कंगना रनावतको ट्विटर एकाउन्ट नै सधैका लागि निलम्बनमा परेको छ ।

बंगालको चुनावमा भारतीय जनता पार्टी (भाजपा)को हारपछि रुष्ठ कंगनाले लगातार ट्विट गरिरहेकी थिइन् । उनको ट्विटलाई धेरैले रिपोर्ट गरेपछि ट्विटरले निलम्बन गरेको हो । ट्विटरको आधिकारिक बयानमा कंगनाले 'हेटफूल कन्डक्ट पोलीसी' उल्लंघन गरेको ठहर छ ।



उनको ट्विटहरू सस्पेन्ड भएपछि ट्विटरमा नदेखिए पनि केही स्टाटस फेसबुकमा समेत हेर्न सकिन्छ । 
 

I was wrong she is not Ravana he was the best king built richest country in the world great administrator,scholar and...

Posted by Kangana Ranaut on Monday, May 3, 2021



Author

थप समाचार
x