विश्व

पटनाको रेलवे स्टेसनमा ३ मिनेटसम्म ‘पोर्नोग्राफिक फिल्म’ चलेपछि …

इकागज |
चैत ८, २०७९ बुधबार १६:३४ बजे

काठमाडौँ- भारतको पटनामा रहेको एक रेवले स्टेसनमा ‘पोर्नोग्राफिक फिल्म’ चलेपछि एक कम्पनीविरुद्ध जाहेरी दर्ता गरिएको छ । पटना रेलवे स्टेसनको प्लेफर्म १० मा रहेको टेलिभिजन स्क्रिनमा मार्च १९ मा ३ मिनेटसम्म पोर्नोग्राफिक फिल्म चलेको इन्डिया टूडेले जनाएको छ ।

बालबालिकासहित विभिन्न उमेरका हजारौँ मानिस रेलवे स्टेसनमा रहेका बेला बिहान ९:३० बजेबाट करिब ३ मिनेटसम्म उक्त भिडियो प्रशारण भएको थियो ।


कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडिया सामाजिक सञ्जालमा बिहारका मुख्यमन्त्री नितिस कुमार तथा रेलवे मन्त्रालयको ट्वीटर अकाउन्टमा ट्याग गरेका थिए ।

यात्रुहरुले गभर्नमेन्ट रेलवे पुलिस तथा रेलवे प्रोटेक्सन फोर्ससँग समेत गुनासो गरेका थिए ।

त्यसलगतै सो टेलिभिजन स्क्रिनमा विज्ञापन गर्ने उत्त कम्युनिकेसनलाई रेलवे प्रोटेक्सन फोर्सले उक्त भिडियो रोक्न निर्देशन दिएको थियो । उक्त कम्पनीविरुद्ध जाहेरी समेत दर्ता गरिएको छ भने छानविन सुरु भएको रेलवेले जनाएको छ ।


Author

थप समाचार
x