विश्व

ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु

इकागज |
चैत १३, २०७९ सोमबार १६:१३ बजे

साओ पाउलो - ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस शहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् ।  

शनिबार राति मादक पदार्थ सेवन गरी क्लबबाट निकालिएका एक व्यक्तिले बन्दुक लिएर फर्किएर भीडमाथि गोली चलाएका ब्राजिलको प्रहरीले जनाएको छ । 


आक्रमणबाट दुई जनाको तत्काल मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

स्थानीय प्रहरी आयुक्त गिल्बर्टो एक्विनोले ३६ वर्षीय आक्रमणकारीलाई त्यस क्षेत्रमा सेवामामा रहेका दुई प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा गोली लागी मृत्यु पुष्टि गरेका छन् । 

एक्विनोका अनुसार क्लबबाट निष्कासित भएपछि हेल्मेट लगाएका आक्रमणकारीले कारमा पार्टीमा फर्किएका र गोली चलाएका थिए । 
 


Author

थप समाचार
x