विश्व

अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित ६ को मृत्यु

इकागज |
चैत १४, २०७९ मंगलबार ११:५८ बजे

काठमाडौँ- अमेरिकाको एक विद्यालयमा पूर्वविद्यार्थीले गोल चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना बालबालिका रहेको बीबीसीले जनाएको छ ।

टेनेसीस्थित नासभिलमा रहेको कोभेनेन्ट स्कुलमा भएको घटनामा मृत्यु हुनेमध्ये ३ जना नौ वर्षभन्दा कम उमेरका रहेका छन् । अन्य तीनजनाको उमेर ६० वर्षमाथि रहेको छ ।


३ देखि १२ वर्षसम्मका विद्यार्थीलाई पढाउने निजी क्रिस्चियन विद्यालयमा करिब २ सय विद्यार्थी रहेका छन् ।

मृत्यु हुनेमध्ये ६१ वर्षीया सायन्थिया पिक अन्य शिक्षकको स्थानमा घटनाको दिन पढाउन आएकी थिइन् भने ६० वर्षीया क्याथरिन कुन्से विद्यालयको प्रमुख हुन् । प्रहरीले २८ वर्षीय ट्रान्सजेन्डर अउड्री हेल रहेको आशंका गरेको छ । उनले अर्ध स्वचालित राइफलले आक्रमण गरेका थिए ।

हेल भने प्रहरीको कारवाहीमा मारिएका छन् ।


Author

थप समाचार
x