विश्व

उत्तरी चीनको शीत भण्डारमा आगलागी, ११ जनाको मृत्यु

इकागज |
चैत १४, २०७९ मगलवार २१:१४ बजे

फाइल फोटो

हिजियाजुआङ - उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ शहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा सोमबार भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

दिउँसो करिब २:३० बजे कुइरझुआङ टाउनशिपको डोङकुन गाउँमा रहेको उक्त शीतभण्डार भत्काउने  क्रममा आगलागी भएको थियो। सो आगलागी १०:५५ बजे राति यो निभाइएको थियो।


आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
 


Author

थप समाचार
x