विश्व

हेलिकप्टर दुर्घटनामा नौ अमेरिकी सैनिकको मृत्यु

इकागज |
चैत १६, २०७९ बिहीबार २१:११ बजे

न्यूयोर्क - अमेरिकी सेनाको हेलिकप्टर अमेरिकाको मध्यपूर्वी राज्य केन्टकीमा एक प्रशिक्षण अभियानका क्रममा दुर्घटनाग्रस्त हुँदा नौ सैनिकको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । 

अमेरिकी सैन्य विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल एन्थोनी होफ्लरले बुधबार राति भएको ब्ल्याकहक हेलिकोप्टर दुर्घटनामा नौ जना सैनिकको मृत्यु भएको पुष्टि गरेका हुन् । 


अमेरिकी सेनाका दुई वटा हेलिकप्टर केन्टकीमा दुर्घटनाग्रस्त भएका हुन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।
 
घटना लगत्तै प्रहरी र आपत्कालीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका केन्टकीका गभर्नर एन्डी वेशियरले बताएका छन् । 


Author

थप समाचार
x