विश्व

'दिल्लीलाई थप २ करोड ६० लाख खोप आवश्यक'

इकागज |
बैशाख २५, २०७८ शनिबार २०:४८ बजे

एजेन्सी : दिल्लीले १८ वर्ष माथिका व्यक्तिलाई आगामी तीन महिनाभित्र कोभिड–१९ विरूद्धको खोप अभियान सम्पन्न गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार बताए । दिल्ली प्रशासनलाई थप दुई करोड ६० लाख कोभिड–१९ विरूद्धको खोप आवश्यक रहेको पनि उनले बताएका छन् ।

उाले भने,'यदि हामीले खोपको पर्याप्त मात्रा पायौं भने तीन महिनाभित्र खोप पूरा गर्न सक्दछौं । दिल्लीमा १८ बर्षभन्दा माथिका नागरिकको सङ्ख्या एक करोड ५० लाख छ । दिल्लीमा कूल तीन करोड खोप आवश्यक रहेकोमा राज्य सरकारसँग ४० लाख खोप उपलब्ध रहेको र बाँकी दुई करोड ६० लाख मात्रा आवश्यक रहेको छ । सरकारले खोपको जोहो गरिरहेको छ ।'



Author

थप समाचार
x