कोभिड-१९विरुद्ध चीन : ३० करोड चिनियाँ नागरिकलाई खोप लगाइयो
एजेन्सी : चीनमा शुक्रबारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।चीनको यो तथ्याङ्क कोभिड–१९ बाट विश्वव्यापीरूपमा सङ्क्रमित हुनेको सङ्ख्या १५ करोड ७५ लाखभन्दा बढी पुगेको र एशियामा यसको प्रभाब उच्च रहेका समय आएको हो ।
चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै निर्माण गरिएको खोपलाई धेरैभन्दा धेरै नागरिकसमक्ष पुर्याउने अभियानलाई तीब्र पारिरहेको छ । बुधबार समाप्त भएको श्रमिक दिवसका अवसरको पाँच–दिने छुट्टीको समयमा, सरकारले कार्यतालिकालाई तीब्रता दिँदै खोपहरू लगाइँदै आएको छ । शुक्रबार, विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले आपतकालिन प्रयोगका लागि चीनमा निर्मित एक खोपलाई अनुमति दिएको छ । चिनियाँ खोप नागरिकको सुरक्षा, प्रभावकारिता र गुणस्तरको लागि डब्लुएचओको प्रमाणीकरण सूचीमा पर्ने विश्वकोे छैठौं खोप बनेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया