विश्व

माल्दिभ्सका पूर्वराष्ट्रपतिमाथि आक्रमण गरेको आरोपमा पक्राउ

इकागज |
बैशाख २७, २०७८ सोमबार ६:३ बजे

माले : माल्दिभ्स प्रहरीले आइतबार पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नशीदमाथिको आक्रमणमा सम्लग्नता रहेको भनी आरोपित तेस्रो व्यक्ति पक्राउ गरेको छ । आक्रमणमा सम्लग्नता रहेका भनिएका दुई आरोपितलाई प्रहरीले आइतबार पक्राउ गरी अनुसन्धान सुरू गरेको बताइएको छ । 

'मे ३ मा पूर्व राष्ट्रपतिमाथि भएको आक्रमणका तेस्रो योजनाकारलाई आइतबार बिहान पक्राउ गरिएको छ', माल्दिभ्सको प्रहरीले ट्वीट गरी जानकारी गराएको छ । आइतबार पक्राउ परेका आरोपित उक्त आक्रमणको ‘प्रमुख’ योजनाकारसमेत रहेको विश्वास प्रहरीले गरेको छ । 


राजधानी मालेमा बिहीबार बम बिष्फोटनमा ५३ वर्षीय नशीद घाइते भएका थिए । उनी अस्पतालमा उपचाररत थिए भने स्वास्थ्यमा क्रमशः सुधार आएको बताइएको छ । नशीदको घरनजिकै भएको उक्त घटनामा दुई अन्य व्यक्ति घाइते भएका थिए । 

घाइते हुनेमा नशीदका अङ्गरक्षक र जसलाई एक विदेशी नागरिक पैदल यात्री घाइते भएका थिए । प्रहरीले नशीदमाथि भएको आक्रमणलाई आतङ्कवादी आक्रमण बताएको छ । (एएनआई/स्पुतनिक)


Author

थप समाचार
x