विश्व

कोभिडको भारतीय भेरियन्टले विश्वमा संकट ल्याउन सक्ने चेतावनी

इकागज |
बैशाख २८, २०७८ मगलवार ८:१२ बजे

फाइल फोटो

काठमाडौं : भारतबाट फैलिएको नयाँ भेरियन्टको कोभिडले विश्वमा आर्थिक संकट आउन सक्ने चेतावनी दिइएको छ । भारतमा भेटिएको भेरियन्ट अन्य देशमा पनि भेटिएपछि वैज्ञानिकहरुले चेतावनी जारी गरेका छन् । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको कोभिड-१९ प्रमुख मारिया वेन केरखोवले यो भेरियन्ट धेरै संक्रमण फैलाउने खालको भएको र यसले विश्वमै संकट ल्याउन सक्ने चेतावनी दिएकी छिन् । 

सन् २०२० मै यो भेरियन्ट भारतमा पाइएको थियो । भित्रभित्रै तीव्र रुपमा फैलिएको यो भेरियन्टले अरु देशमा पनि अवस्था जटिल बनाएको छ । भारतमा दैनिक संक्रमित र मृत्तकको संख्या बढ्दा अन्य देशमा पनि अवस्था भयावह भएपछि विश्व स्वास्थ्य संगठनले चेतावनी जारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 



Author

थप समाचार
x