विश्व

भारत बायोटेकले अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार ६:२१ बजे

नयाँ दिल्ली : विश्वभर कोभिड-१९ को अभाब भइरहँदा कोभिड-१९ खोपको विकास गरेको भारतीय कम्पनीले कोरोना भाइरसविरूद्धको खोपको अभावलाई कम गर्न अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने जनाएको छ ।

कम्पनीले कोभ्याक्सिनको उत्पादनलाई बढाउन अन्य खोप निर्माण कम्पनीले खोप उत्पादन गर्न अनुमति पाउने तर खोप उत्पादन गर्दा ‘बायोसेफ्टी लेभल-३’ ल्याबमा उत्पादन गर्नुपर्ने शर्त राखेको छ ।


नीति आयोगका सदस्य डा भी.के. रावलले भने, 'मानिसहरूले कोभ्याक्सिनलाई अन्य कम्पनीबाट उत्पादन गर्न दिनुपर्ने बताएका छन् । कोभ्याक्सिन खोपको निर्माण कम्पनी भारत बायोटेकले ब्यवस्थित ल्याबले उत्पादनका लागि छलफल गर्न चाहेमा यसको हामी यसको स्वागत गर्दछौँ । सबैलाई होइन सुरक्षा तहको प्रत्याभूत गर्नसक्ने कम्पनी तथा ल्याबलाई खोप उत्पादनमा सहकार्यका लागि बायोटेक स्वागत गर्दछ ।'

'केन्द्रले खोप उत्पादन क्षमता वृद्धि गर्ने कार्यमा समन्वय गर्न तयार छ,' उनले भने । 

 विश्व स्वास्थ्य संगठनलगायतका अन्तराष्ट्रिय संघसंगठनमा कोभिड-१९ विरूद्धको खोप उत्पादक कम्पनीहरूले महामारी नियन्त्रणका लागि खोप निर्माणका लागि आफूमा निहीत उत्पादन अधिकार खुला गर्नुपर्ने भनी बहस चलेका समय भारतीय कम्पनीले उक्त आह्वान गरेको हो । यसलाई सकारात्मक सुरूवातका रूपमा हेरिएको छ । (एएनआई)


Author

थप समाचार
x