विश्व

श्रीलंकाले अर्को महिना सवारी साधनको इन्धन कोटा बढाउने

इकागज |
जेठ १२, २०८० शुक्रबार २१:३७ बजे

कोलम्बो- श्रीलंकाकाले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने भएको छ ।

श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय गरेको बताएका हुन् । इन्धनको मूल्य वृद्धि हुँदा कोटा बढाउने निर्णय गर्नुपरेको उनले बताए । 


राष्ट्रिय इन्धन पास ‘क्यूआर’ प्रणालीमा हाल अनुमति दिइएको इन्धनको कोटा अर्को महिना बढाइने उनले ट्वीटरमा उल्लेख गरेका छन् । 

सिलोन पेट्रोलियम कर्पोरेसनका पदाधिकारीसँग बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको उनले उल्लेख गरे । 

विदेशी मौज्दातको अभावका कारण पर्याप्त मात्रामा इन्धन खरिद गर्न कठिनाइ भएपछि श्रीलंकाले गत वर्ष इन्धन कोटा लागू गरेको थियो । श्रीलंकाले विभिन्न रणनीतिहरूको अन्वेषण गर्यो र तीमध्ये एउटामा उत्पादक देशहरूमा स्थापित प्रतिष्ठित पेट्रोलियम कम्पनीहरूबाट देशमा पेट्रोलियम पदार्थहरू आयात, भण्डारण, वितरण र बिक्री गर्न रूचिको अभिव्यक्ति आमन्त्रण गर्नु समावेश थियो ।

श्रीलंकाको मन्त्रिपरिषद्ले तीन वटा विदेशी कम्पनीलाई लाइसेन्स प्रदान गर्न सहमति जनाइसकेको छ । सरकारले देशको खुद्रा इन्धन बजारलाई खुल्ला गराउन चाहन्छ ।

चीनको सिनोपेकलगायत विदेशी कम्पनीलाई हाल सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेसनले सञ्चालन गर्दै आएको एक सय ५० वटा डिलरबाट सञ्चालित पेट्रोल पम्प उपलब्ध गराइनेछ । कम्पनीहरूलाई नयाँ स्थानमा ५० वटा नयाँ ग्यास स्टेसन स्थापना गर्न पनि अनुमति दिइनेछ । सिन्ह्वा


Author

थप समाचार
x