विश्व

विपक्षी दलको बहिष्कारका बाबजुद मोदीले गरे नयाँ संसद्‌ भवनको उद्घाटन

इकागज |
जेठ १४, २०८० आइतबार १०:४१ बजे

नयाँदिल्ली- भारतका विपक्षी दलले समारोह बहिष्कार गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद्‌ भवनको उद्घाटन गरेका छन् ।

नयाँ संसद्‌ भवनको उदघाटन राष्ट्रपतिले गर्नु पर्ने विपक्षीको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोदीले आइतबार बिहान उदघाटन गरेका हुन् । तर, मोदीको विपक्षीको आग्रह अस्वीकार गरेकोमा प्रतिपक्ष दलले सरकारको आलोचना गरिरहेका छन् ।


प्रतिपक्ष दलहरूले हिन्दुत्व विचारधारा वीडी सावरकरको जन्मजयन्तीको अवसरमा संसद्‌ भवन उदघाटन गर्ने निर्णयको पनि निन्दा गर्दै आएका छन् । तर, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले  विपक्षीको बहिष्कारलाई भने ‘लोकतन्त्रको अनादर’ भनेको छ ।

नयाँ संसद्‌ भवन राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर करिडोरको विकास गर्ने सरकारको महत्वाकांक्षी परियोजनाको एक हिस्सा हो ।

नयाँ भवनको उद्घाटन गर्दै मोदीले भारतको स्वतन्त्रताको ७५ वर्षपछि सो संघर्षमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने ७५ रुपैयाँको नयाँ सिक्का पनि अनावरण गरेका छन् । नयाँ चार तले भवन अनुमानित ९.७ बिलियन रुपैयाँमा निमार्ण भएको हो ।

लोक सभा कक्षलाई भारतको राष्ट्रिय चरा मयूरको जस्तै डिजाइन गरिएको छभने तल्लो सदन अर्थात राज्यसभा कक्षलाई भारतको राष्ट्रिय फूल कमलसँग मिल्दोजुल्दो बनाउन डिजाइन गरिएको छ ।

गत बुधबार प्रमुख प्रतिपक्षी कांग्रेससहित १९ दलले उद्घाटन समारोह बहिष्कार गर्ने सामुहिक निर्णयको घोषणा गरेका थिए । उनीहरूले नयाँ संसद्‌ भवन राष्ट्रपतिबाट उद्‌घाटन गराउनु पर्ने माग राखेका थिए । तर, विपक्षीको माग सम्बोधन नगरी प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ संसद्‌ भवनको उदघाटन गरेका हुन् ।


Author

थप समाचार
x