विश्व

उतर अमेरिकाले गरेको जासुसी उपग्रह प्रक्षेपणको निन्दा

इकागज |
जेठ १७, २०८० बुधबार १९:४३ बजे

फाइल फोटो

टोकियो - प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) ले आज गरेको जासुसी उपग्रह प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिकाले निन्दा गरेका छन् । यद्यपि प्योङ्याङको परीक्षण दुर्घटनाका कारण असफल भएको छ । 

जापानले उत्तर कोरियाको उपग्रह प्रक्षेपणको असफल प्रयासबाट संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्तावहरूको गम्भीर उल्लङ्न भएको उल्लेख गर्दै त्यसको निन्दा गरेको छ । “उत्तर कोरियाको उक्त कदमको जापान विरोध र निन्दा गर्दछ,” जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भनेका छन् ।  उत्तर कोरियाली अधिकारीहरूका अनुसार प्योङयाङले टोकियोलाई प्रक्षेपणका सम्बन्धमा जानकारी दिएको थियो । 


जापानका रक्षामन्त्री यासुकाजु हामादाले पत्रकारहरूमाझ भनेका छन्, “हामी यस प्रकारको प्रक्षेपणलाई सहन सक्दैनौँ, चाहे त्यो उपग्रह होस् वा अन्य कुनै चिज, यसले राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावलाई उल्लंघन गरेको छ । ”

संयुक्त राज्य अमेरिकाले प्रक्षेपणको निन्दा गर्दै प्योङयाङलाई तत्काल उत्तेजक कार्य बन्द गर्न आह्वान गरेको छ । राष्ट्रिय सुरक्षा प्रवक्ता एडम होजले प्योङ्याङ र वासिङ्टनबीचको कूटनीति संवाद बन्द नभएको उल्लेख गर्दै उनले आफू र आफ्ना सहयोगीलाई बचाउन अमेरिकाले सबै आवश्यक उपाय अवलम्बन गर्ने बताएका छन् । 

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले पनि  कदमको निन्दा गर्दै प्योङ्याङको पछिल्लो प्रक्षेपणको निन्दा गरेका छन् । 

उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य भूउपग्रहको विकासलाई आफ्नो देशको प्रतिरक्षाको प्रमुख अङ्गको भएको स्पष्ट गरेका छन् । यसअघि उनका एक जना वरिष्ठ सैन्य अधिकारीले अमेरिका र दक्षिण कोरियाका विवेकहीन सैन्य गतिविधि निगरानी गर्न बाध्य भएर जासुसी उपग्रह प्रक्षेपण गर्नुपरेको बताएका थिए । रासस


Author

थप समाचार
x