विश्व

करिब २०० आप्रवासी लिबिया फिर्ता

इकागज |
जेठ १, २०७८ शनिवार २१:११ बजे

एजेन्सी : आप्रबासन नियम अनुसार कागजात नपुगेका करिब २०० आप्रवासीलाई लिबियातर्फ फिर्ता गरिएको अन्तराष्ट्रिय आप्रबासन संगठन (आईओएम) ले जानकारी गराएको छ । आईओएमद्वारा शनिबार सम्प्रेषित ट्वीटर सन्देशमा उक्त कुरा जानकारी गराइएको हो । सन्देशमा भनिएको छ, “तटीय क्षेत्रमा तैनाद् सुरक्षाकर्मीले शुक्रबार करिब २०० आप्रवासीलाई सीमा क्षेत्रबाट फिर्ता पठाएको छ । 

आईओएमले भनेको छ,'यस वर्ष अहिलेसम्म करिब आठ हजारभन्दा बढी खासगरी अफ्रिकी शरणार्थीहरूलाई गैरकानुनी रूपमा यूरोपतिर जानबाट रोकिएको छ । उनीहरूले आफुलाई शरणार्थी प्रमाणित गर्ने कागजात पेश गर्न नसक्दा यूरोपतर्फ हिँडेका खासगरी अफ्रिकी शरणार्थीहरूलाई फिर्ता गरिएको छ ।'


समूहमा अफ्रिकाबाहेक द्वन्द्वग्रस्त खाडी मुलुक तथा एशियाली मुलुकका नागरिक पनि रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सामुद्रिक किनारबाट फकाईका आप्रबासी शरणार्थीलाई लिवियाली हिरासतमा राखिने उनीहरूमध्ये उल्लेख्य सङ्ख्या स्वदेश फर्कने वातावरण नबन्दा हिराशतमा नै मृत्यु हुने गरेको आईओएमले जनाएको छ ।


Author

थप समाचार
x