विश्व

पहिलो युरोपियन सेक्स च्याम्पियनसीपमा १६ विधामा प्रतिस्पर्धा हुने

इकागज |
जेठ २२, २०८० सोमबार ११:४१ बजे

काठमाडौँ- स्विडेनले आयोजना गर्ने पहिलो युरोपियन सेक्स च्याम्पियनसीपअन्तर्गत विभिन्न १६ विधामा प्रतिस्पर्धा हुने भएको छ । हिन्दुस्तान टाइम्सले जनाएअनुसार जुन ८ तारिखबाट सुरु हुने च्याम्पियनसीपमा १६ विधामा प्रतिस्पर्धा हुने भएको हो ।

च्याम्पियनसीपका लागि विभिन्न देशका २० जनाले नाम दर्ता गराएका छन् । विजेताको टुंगो भने तीनजना निर्णायकले लगाउने छन् । विजेताको घोषणा गर्दा जोडीको ‘केमिस्ट्री’, यौनसम्बन्धी ज्ञान तथा उनीहरुको क्षमतालाई ध्यान दिइने छ । त्यसका साथै दर्शकको विचारले पनि विजेताको टुंगो लगाउन मद्धत पुग्नेछ ।


६ हप्तासम्म चल्ने च्याम्पियनसीपमा खासगरी ओरल सेक्स, यौन इच्छा जगाउने, सहनशीलता, शरीरको मसाज, फोरप्ले, कामुक क्षेत्रहरूको अन्वेषण जस्ता विधालाई समेटिएको छ । दैनिक ६ घण्टासम्म चल्ने विभिन्न गतिविधिमा एकजनाले ४५ देखि १ घण्टासम्म समय पाउनेछन् ।

 


Author

थप समाचार
x