विश्व

रुसी नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्कियो, सहर र दुई दर्जन गाउँ डुबानमा

इकागज |
जेठ २४, २०८० बुधबार ७:३५ बजे

काठमाडौँ- रुसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किएको छ  । 

बीबीसीका अनुसार सो ठूलो बाँध भत्किएपछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।


राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभकामा बाँध भत्किएपछि ८० सहर र गाउँहरू बाढीले डुबानमा पर्न सक्ने बताएका छन् । सो बाँध भत्किनुमा उनले रुसलाई दोष दिएका छन् ।

डिनिप्रो नदीमा अवस्थित सो बाँध भत्किएपछि मुख्यतः खेरसन सहरमा विनाशकारी बाढीको जोखिम निम्त्याउन सक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरिएको छ । 

मस्को र किभले एकअर्कालाई काखोभका बाँध भत्काएको आरोप लगाएका छन् । रुसले गत वर्ष युक्रेनमा आक्रमण गरेलगत्तै दक्षिणी युक्रेनको बाँध कब्जा गरेको थियो ।

बाँध भत्किएपछि एउटा सानो सहर र दुई दर्जन गाउँहरू डुबानमा परेका थिए र १७,००० मानिसहरूलाई विस्थापित गर्न बाध्य भएका छन् ।

उता ह्वाइट हाउसले मंगलबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा विष्फोटपछि ठूलो बाँध भत्काउँदा धेरैको मृत्यु हुने सम्भावना रहेको बताएको छ । यो घटनाको पछाडि कसको हात थियो भन्ने अहिले नै कुनै ठोस प्रमाण नभएको पनि उसको भनाई छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने ‘अमेरिका अन्तिम निष्कर्षमा पुगेको छैन । हामी अझै जानकारी सङ्कलन गर्ने र युक्रेनीहरूसँग कुरा गर्ने प्रयास गरिरहेका छौं ।’

 


Author

थप समाचार
x