विश्व

म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या

इकागज |
जेठ २५, २०८० बिहीबार ९:२० बजे

याङुन- गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्याबको निधन भएको छ । 
 
टाउकोमा गोली लागेर घाइते भई याङ्गुन अस्पतालमा उपचाररत गायिका क्याबको एक सातापछि मृत्यु भएको हो । 

कथित रूपमा सेनाको विरोध गर्ने बन्दुकधारीहरूले उनीमाथि गोली हानेका थिए ।


बीबीसीका अनुसार ५८ वर्षीया गायिका क्याब सेनाका उच्च अधिकारी तथा जुन्ताका शीर्ष नेताहरूको नजिक थिइन्  । उनलाई जुन्ताको सूचनादाता भएको आरोप पनि लगाइँदै आइएको थियो ।

उनको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरु सेनाको विरुद्धमा सहरी छापामार गरिरहेका समूहसँग सम्बन्धित रहेको बताइएको छ ।

क्याबको हत्या उच्च प्रोफाइल सरकारी समर्थकहरूको हत्याको शृङ्खलाको पछिल्लो घटना हो ।


Author

थप समाचार
x