विश्व

दर्शक र पाठक घटेर समस्या भोगिरहेको सिएनएनका सीईओले दिए राजीनामा

इकागज |
जेठ २५, २०८० बिहीबार ९:३० बजे

न्युर्योक- अमेरिकी प्रसारक सीएनएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्रिस लिच्टले राजीनामा दिएका छन् । 

न्यूयोर्क पोस्टका अनुसार सिएनएनका कर्पोरेट अभिभावक वार्नर ब्रदर्स डिस्कवरीले क्रिस लिच्टले दिएको राजीनामा तुरुन्तै कार्यान्वयन गरिएको जानकारी दिएका छन् । लिच्टले गत मे २०२२ मा सीईओ भएर पदभार ग्रहण गरेका थिए ।


उनले कर्मचारीहरूलाई दिइएको जानकारी अनुसार अन्य अवसरका लागि सिएनएनबाट अचानक राजीनामा दिनु परेको हो । वार्नर ब्रदर्स डिस्कभरीका सीईओ डेभिड जास्लाभ र वार्नर ब्रदर्स डिस्कभरीका अन्य कार्यकारीहरूलाई साथ दिएकोमा उनले धन्यवाद दिए भने सिएनएनमा उनीहरूसँग काम गर्न पाएको गर्व गरेको पनि भन्न छुटाएनन् । तर, उनले नेटवर्कका केही दिग्गज कर्मचारीहरूको विरोधको भने उनले चुनौती सामना गरिरहनु परेको बताइएको छ । 

उनको यो राजीनामा भने सिएनएनका लागि भने ठूलो झट्का हो । लिच्टको राजीनामा यस्तो समयमा आएको छ, जब सीएनएनले धेरै चुनौतीहरूको सामना गरिरहेको छ । हालका वर्षहरूमा नेटवर्कको दर्शक र अनलाइन पाठकको पनि संख्या घटेको छ । सिएनका प्रतिद्वन्द्वीहरू फक्स न्यूज र एमएसएनबीसी भने सिएनएनलाइ क्रमशः छाडेर अगाडी बढिरहेको अवस्था थियो ।

उनी सिएनएनलाई अझ बढी उचाईमा लैजानका लागि चीजहरूमा परिवर्तन गर्न खोज्दै थियो, त्यही बेला उनको राजीनामा आएको अमेरिकन सञ्चारमाध्यमहरूले जनाएका छन् । उनलाई टेलिभिजन समाचार उद्योगमा उदाउँदो ताराको रूपमा हेरिँदै आएको थियो ।


Author

थप समाचार
x