विश्व

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

इकागज |
जेठ २५, २०८० बिहीबार १८:२२ बजे

फाइल फोटो

लखनउ - लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार ठूलो आगलागी भएको छ।
खबर पाएलगत्तै दमकलले आगो निभाउन घटनास्थल पुगेको थियो । 

आगलागीको कारण भने खुल्न सकेको छैन । लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले भवन निर्माणाधीन रहेकाले कुनै मानवीय क्षति नभएको बताएका छन् । घटनाको थप विवरणहरू सार्वजनिक हुन बाँकी छ ।
 



Author

थप समाचार
x