विश्व

ब्याजदर थप घटाउने कसरत गर्दै श्रीलंका

इकागज |
जेठ २५, २०८० बिहीबार १९:४५ बजे

फाइल फोटो

कोलम्बो -श्रीलंकाका एक मन्त्रीले आगामी महिनाहरूमा ब्याजदर थप घटाउने विचार गरिरहेको बताएका छन् । 

अर्थ राज्यमन्त्री शेहान सेमासिघेंले दक्षिण एसियाली मुलुकको अर्थतन्त्र स्थिर रहेको र ब्याजदर अझै घट्ने बताएका हुन् । 


गत साता श्रीलंकाको केन्द्रीय बैंक (सीबीएसएल) को मौद्रिक सकितिले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई २५० आधार बिन्दुले घटाएर क्रमशः १३ प्रतिशत र १४ प्रतिशतमा झार्ने निर्णय गरेको थियो ।

सेमासिघेंका अनुसार मुद्रास्फीति घट्दो क्रममा छ र ‘ट्रेजरी बन्ड’को ब्याज दर पनि घटेको छ ।

बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “बजारको ब्याजदरमा आएको गिरावटले अनुमानित एकल अंकको मुद्रास्फीतिसँग मेल खाने छ । 

यसले निजी क्षेत्रलाई ऋण प्रवाह गर्न सहयोग पुग्नेछ र वित्तीय क्षेत्रमाथिको दबाब कम हुनेछ ।


Author

थप समाचार
x