विश्व

टोकियोमा दुई वटा विमान एकआपसमा ठोक्किए

इकागज |
जेठ २७, २०८० शनिबार १३:११ बजे

टोकियो- टोकियोको हानेदा विमानस्थलमा शनिबार दुई वटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् । जापानको यातायात मन्त्रालयले जनाएअनुसार (स्थानीय समय ) बिहान ११:०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको  धावनमार्ग मा ठोक्किएको देखिएको स्थानीय सञ्चारमाध्यमले विमानस्थल स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेका छन्।

ती दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन् । राष्ट्रिय प्रसारक एनएचकेका अनुसार  दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ । 


विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ । विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरू ढिला भएका छन् । (सिन्ह्वा)


Author

थप समाचार
x