विश्व

चिनियाँ र रुसी राष्ट्रपतिले दुई देशको समारोह संयुक्त उद्घाटन गर्ने

इकागज |
जेठ ५, २०७८ बुधबार ६:४६ बजे

बेइजिङ : चीनका राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार हुन लागेको दुई देशको आणविक उर्जा सहायता आयोजनासम्बन्धी बैठकको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । 

सो कुराको जानकारी चिनियाँ विदेश मन्त्रालयले मंगलबार चिनियाँ राजधानी बेइजिङमा गराएको छ । सो बैठक बुधबार नै सम्पन्न हुने बताइएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले यी दुई देशबीच बुधबार हुन लागेको आणविक उर्जासम्बधी बैठकको दुवै देशका राष्ट्रपतिले संयुक्त रुपमा उद्घाटन गर्ने र त्यस कार्यक्रमको प्रत्यक्ष भिडयोमार्फत् अवलोकन पनि गर्ने भएको जानकारी गराएका छन् । (सिन्ह्वा)



Author

थप समाचार
x