विश्व

अफगानिस्तान भएको भिडन्तमा दुई सेना र १७ लडाकू मारिए

इकागज |
जेठ ५, २०७८ बुधबार २०:१३ बजे

काबुल :  अफगानिस्तानका दुई प्रान्तमा गए राति भएका आक्रमण र कारबाहीमा दुई अफगान सेना र १७ तालिबान मारिएका छन् । गएराति अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा फोर्सको शिविरमा तालिबानहरूले आक्रमण गरेका थिए ।

आक्रमणमा परी अगानिस्तानको सेनाका दुई सदस्य मारिएका छन् । त्यस क्रममा अरु केही अफगान सैनिक घाइते पनि भएका प्रान्तका एक अधिकारीले जानकारी दिए । सो आक्रमणपछिको कारबाहीमा परेर तीन तालिबान लडाकु मारिएका छन् । त्यस क्रममा राति दोहोरो भिडन्त पनि भएको थियो ।


भिडन्तमा परेर अरु केही तालिबानी लडाकुहरू घाइते पनि भएका बताइएको छ । त्यस्तै अर्को बादखसानमा अफगान सेनाले गरेको कारबाहीमा १४ तालिबानी लडाकु मारिएका छन् ।   

अफगान सेनाले तालिबानको खोजीका लागि अभियान चलाएको बताइएको छ । त्यस क्षेत्रमा केही समययतादेखि तालिबानविरुद्ध खोजी अभियान सञ्‍चालन भइरहेको अफगान सेनाले जनाएको छ ।
   
बादखसान प्रान्तको अर्घानचोखमा भएको कारबाहीका क्रममा १४ जना तालिबान मारिएका प्रान्तका सैनिक प्रवक्ताले जानकारी दिए ।   त्यस कारबाहीमा परी अरु चार तालिबान लडाकु र दुई जना सुरक्षाकर्मी पनि घाइते भएका बताइएको छ ।   

उक्त क्षेत्रमा आइएस अतिवादीहरूका क्रियाकलापहरूमा बृद्धि भएको समाचारका आधारमा सेनाले हवाई कारबाही गरेको थियो । (रासस)


Author

थप समाचार
x