अष्ट्रेलियाका विश्वविद्यालहरूद्धारा विदेशी विद्यार्थीलाई अष्ट्रेलिया आउन दिन आग्रह
अष्ट्रेलिया : अष्ट्रेलियाका विश्वविद्यालयहरूले विदेशी विद्यार्थीहरूलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका बताइएको छ । कोरोना भाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरूमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ । महामारीका कारण विदेशी विद्यार्थीहरू पनि अष्ट्रेलिया फर्किन पाएका छैनन् ।
अष्ट्रेलियाले कोरोना भाइरसको पहिलो लहर शुरु भएदेखि नै अहिलेसम्म विदेशी विद्यार्थीहरूलाई फर्किन दिएको छैन । महामारी शुरु भएपछि कतिपय देशका विद्यार्थीहरूलाई आफ्नो घर जान दिएको सो देशले लामो समयदेखि हवाई उड्डयन खुलेको छैन ।
जसका कारण विदेशी विद्यार्थीहरू अष्ट्रेलिया फर्किन पाएका छैनन् । अष्ट्रेलियाका विश्वविद्यालयहरूको पछिल्लो तथ्यांकअनुसार यहाँ पहिलेका वर्षहरूको तुलनामा विश्वविद्यालय भर्नामा ३३ प्रतिशत कमी आएको छ ।
यसका कारण यहाँका विश्वविद्यालयहरूको बजेटमा पनि धेरै कमी आएको देखिएको छ । त्यसैले यहाँका विश्वविद्यालहरूले आफ्ना देशका गएका विदेशी विद्यार्थीहरूलाई स्वदेश फर्किन दिन र नयाँ विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिने व्यवस्थाका लागि आग्रह गरेका हुन् । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया