पाकिस्तानमा भोलिदेखि खोपका लागि नाम दर्ता सुरु गरिने
इस्लामावाद : पाकिस्तानमा भोलि बिहीबारदेखि कोभिड-१९ विरुद्धको खोप लगाउन नाम दर्ता सुरु गरिने भएको छ । कोभिडको तेस्रो चरणको महामारीमा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले खोप लगाउने अभियान सुरु गर्न लागिएको सरकारी उच्च अधिकारीले बताएका छन् ।
पाकिस्तानका केन्द्रीय योजना, विकास मन्त्री असद उमारले बिहीबारदेखि कोभिड विरुद्धको खोप लगाउन नामावली दर्ता गराउन थालिने बुधबार जानकारी दिए । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले नेशनल कमाण्ड तथा अपरेसन सेन्टर (एनसीओसी)ले नामावली दर्ता गराउने जानकारी दिएका हुन् । “एनसीओसीको आजको बैठकले भोलि बिहीबारदेखि नाम दर्ताशुरु गर्ने निर्णय गरेको छ,” उनले ट्वीटरमा लेखेका छन् ।
खोप १९ वर्ष वा सोभन्दा माथिका सबैलाई लगाउने योजनाअनुसार सोही उमेर समूहका व्यक्तिको मात्रै नाम दर्ता गराइने उनले बताए । खोप अभियानले कोभिडबाट हुने क्षति न्यूनिकरण गर्न धेरै सहयोग गर्ने सरकारी अधिकारीले विश्वास व्यक्त गरेका छन् । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया