विश्व

भारतमा विषाक्त रक्सी पिउँदा २२ जनाको मृत्यु

इकागज |
जेठ १५, २०७८ शनिबार २०:३० बजे

फाइल फोटो

दिल्ली : भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि २२ जनाको ज्यान गएको बताएको छ । सो प्रदेशको अलिगार्च जिल्लामा ती व्यक्तिहरु मारिएका हुन् । उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमीटर टाढा रहेको सो गाउँमा उक्त दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मदिरा सेवनबाट बिरामी परेका केही अस्पताल भर्ना भएका छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको पनि सो समाचारमा जनाइएको छ । बिहीबार साँझ ती व्यक्तिहरुले एक लाइसेन्स रहेको पसलबाट नै रक्सी किनेका थिए ।


सो रक्सी सेवनबाट विरामी भएका उनीहरु शुक्रबार साँझ ज्यान गएको हो । यहाँका स्थानीयहरुले शुक्रबार अपरान्हबाट मानिसहरु निकै बिरामी परेका र साँझदेखि मर्न थालेका बताइएका छन् ।

यहाँका प्रहरी अधिकारीहरुले सो क्षेत्रका पाँच ओटा रक्सी पसल सिल गरेका छन् र ती पसलका मालिकहरुलाई नियन्त्रणमा लिएका छन् । त्यस्तै ती पसललाई रक्सी बेच्ने अनुमति दिने सरकारी अधिकारीलाई पनि खोजी गरिरहेको जनाइएको छ । रासस 


Author

थप समाचार
x