विज्ञ भन्छन् : कोभिडलाई जितेको घोषणा गर्न हतार नगरौँ
काठमाडौँ : अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोभिड भाइरसविरुद्धको लडाइँ अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने दावी गरेका छन् । सङ्क्रमण रोग सम्बन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोभिड भाइरसबाट सङ्क्रमित र मृतकको संख्या घटेपनि जिति सकियो भन्न अहिले नै नहुने बताएका हुन् ।
'हामीले अहिले नै कोभिड भाइरसविरुद्धको जित भइसक्यो भनेर घोषणा गर्न चाहदैनौँ, किनकी हामी अहिले पनि त्यससँग लडिरहेका छौँ,' उनले भने । तर धेरैभन्दा धेरै व्यक्तिले खोप लगाइसकेको र समुदायस्तरमै खोप अभियान पुगेकोले रोगबाट सुरक्षाको अवस्था भने राम्रो रहेको उनको भनाइ छ ।
अमेरिकी एक प्रतिष्ठित पत्रिकासँगको कुराकानीका क्रममा उनले कोभिड भाइरसको खतरा भने पूर्ण रुपमा अन्त्य भइनसकेको उल्लेख गरे । भाइरसको नयाँ-नयाँ भेरियन्टहरू आइरहेकाले पनि खतरापूर्ण अवस्था भने रहिरहने उनको तर्क छ । अमेरिका अहिले पनि सबैभन्दा धेरै सङ्क्रमितहरू भएको मुलुकमा पर्दछ ।
अमेरिकामा अहिलेसम्म कुल तीन करोड ४० लाख ४३ हजार ११० जना कोभिडभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये ६ लाख नौ हजार ५४४ जनाको मृत्यु भएको छ । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया