नेटो राष्ट्रहरूले अफगानिस्तानमा सहयोग जारी राख्ने
ब्रसेल्स : उत्तर एटलान्टिक सन्धी संगठन, नेटोमा आवद्ध रहेका देशहरूले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जनाएका छन् । अफगानिस्तानको शान्ति स्थापनाको काममा नेटोआबद्ध देशहरूले सहगोग गर्दै आएका थिए । तर ती देशले काबुलबाट आफ्ना देशका सेना फिर्ता लैजाने निर्णय गरिसकेका छन् ।
सेना फिर्ता लगे पनि अफगानिस्तानमा शान्तिका लागि गर्दै आएको सहयोगका कामलाई नेटोले निरन्तरता दिने जनाएको बताइएको छ । नेटो संगठनका महासचिव जेन्स स्टोल्टेनबर्गले मंगलबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ ।
नेटोका रक्षा मन्त्रीहरूको भर्चुअल बैठक सकिएलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा महासचिव जेन्स स्टोल्टेनबर्गले सो कुराको जानकारी दिए । सो पत्रकार सम्मेलनमा उनले नेटो देशहरूले अफगानिस्तानको सुरक्षाका लागि विगत लामो समयदेखि नेटो राष्ट्रहरूले गरिआएको सहयोगको स्मरण गरेका थिए ।
त्यसपछि उनले अफगानिस्तानमा शान्ति स्थापनाको कार्यमा नेटोले पनि आवश्यक सहयोग गर्ने जानकारी दिएका थिए । उनले त्यस पत्रकार सम्मेलनमा भनेका थिए, 'हामीले अफगानिस्तानमा सैन्य मिसनको अन्त्य गर्न लागेका हौँ तर पनि हामीले अफगानिस्तानलाई गर्ने अरू खाले सहयोगको अन्त्य भने गर्न लागेका होइनौँ ।'
उनका अनुसार अफगानिस्तानको काबुलमा रहेका नेटो देशका सेनाहरू अब फिर्ता गर्ने प्रक्रिया सुरू भइसकेको छ । त्यसबमोजिम अब नेटोका देशहरूले त्यहाँबाट सेना फिर्ता गर्ने प्रक्रियाको थालनी गरिसकेका अमेरिका र नेटोआबद्ध देशहरूले जनाएका छन् । अफगान सरकार र त्यहाँका तालिबान विद्रोहीहरूबीचको वार्ताका क्रममा तालिबानहरूले अफगानिस्तानबाट नेटोसहित अमेरिकी सेनालाई फिर्ता गर्नुपर्ने माग गरेका थिए । उनीहरूको सो मागपछि अफगान सरकार र अमेरिका पनि त्यहाँबाट नेटो सेना फिर्तागर्न सहमत भएको यसअघिका समाचारहरूमा जनाइएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया