विश्व

लस भेगासमा गोली चल्दा दुई जनाको मृत्यु, तीन घाइते

इकागज |
मंसिर १६, २०८० शनिवार १८:२६ बजे

सांकेतिक तस्बिर

लस एन्जलस- लस भेगासमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । स्थानीय समाचार च्यानलले प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार स्थानीय समय साँझ ५:३४ मा गोली चलेको हो ।

प्रहरीले गोलीबारीमा मारिएका दुई जनाको चोटपटकबाट मृत्यु भएको खुलासा गरेको छ भने अन्य तीन जनालाई चोटपटक लागे पनि खतरामुक्त रहेको बताएको छ । 


लस भेगास महानगरीय प्रहरी विभागका प्रवक्ताले पीडितहरूलाई 'घरविहीन'  व्यक्ति भएको उल्लेख गरेको छ ।

यसैबीच, एबिसी समाचार च्यानलले लस भेगासमा शुक्रबारको गोलीबारी लस एन्जलसका हालैका घटनाहरूसँग सम्बन्धित नभएको बताएको छ । सो घटनामा घरबारविहीनहरूलाई गोली हानेर मारिएको थियो र सम्भावित सिरियल किलरले लक्षित गरेको हुनसक्ने प्रक्षेपण गरिएको छ ।

ती तीनजना पीडितहरू फुटपाथ (गल्ली) मा एक्लै सुतिरहेका बताइएको छ । आक्रमणकारी अझै फरार छन् । सिन्ह्वा


Author

थप समाचार
x