विश्व

अमेरिकी राष्ट्रपतिले बेलायती महारानीलाई भेट्ने

इकागज |
जेठ २१, २०७८ शुक्रबार ६:५३ बजे

लण्डन : अमेरिकी राष्ट्रपति जो वाइडनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्नै भएका छन् । 

उनीहरूका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरूले जनाएका छन् । 


बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, 'महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडन समेत सहभागी हुनुहुने छ ।' 

अमेरिकी राष्ट्रपति वाइडन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने कार्यक्रम रहेको छ । सोही अवसरमा उनले बेलायती महारानीलाई भेट्ने कार्यक्रम छ ।   

राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पत्तिको यो पहिले विदेश भ्रमण हुने राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् ।   

विश्व राजनीति र अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन ११ देखि १३ सम्म हुने तय भएको छ ।

सम्मेलनमा अन्य देशका पनि शीर्ष नेताहरू सहभागी हुने सुनिश्चित भइसकेको सम्मेलनका व्यवस्थापकहरूले जनाएका छन् । (एएनआई)


Author

थप समाचार
x