विश्व

भारतमा ६१ दिनयता सबभन्दा कम कोभिड सङक्रमित

इकागज |
जेठ २४, २०७८ सोमबार १७:२९ बजे

नयाँ दिल्ली: भारतमा आइतबार १ लाख ६३६ जना थप व्यक्तिमा कोभिड-१९ सङ्क्रमण देखा परेको छ । सङ्क्रमितको यो संख्या ६१ दिनयताको सबभन्दा कम हो । हाल भारतमा सङ्क्रमितको संख्या २ करोड ९० लाख १० हजार ६११ पुगेको मन्त्रालय छ । 

त्यसैगरी भारतनमा सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केहीयता यस प्रकोपको कारण ज्यान गुमाउने पनि केही कम भने भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । 


भारतमा गत २४ घण्टामा २ हजार ४२७ जनाको मृत्यु भएपछि यहाँबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ४९ हजार १८६ पुगेको छ  । गत २४ घण्टामा भारतमा १ लाख ७४ हजार ३९९ जना सङ्क्रमणमुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ७१ लाख ५९ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् ।

हाल यहाँ १४ लाख १ हजार ६०९ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा जुन ६ तारिखसम्म ३६ करोड ६३ लाख ३४ हार १११ जनाको कोरोना परीक्षण गरेको सरकारी स्रोतले जानकारी दिएको छ । 


Author

थप समाचार
x