विश्व

भारतमा चट्याङ लागेर २३ जनाको मृत्यु

मृत्तकका परिवारलाई २ लाख दिने मोदीको घोषणा

इकागज |
जेठ २५, २०७८ मगलवार ८:३४ बजे

फाइल फोटो

काठमाडौँ : भारतमा चट्याङ लागेर २३ जनाको मृत्यु भएको छ । घटना सोमबारको हो । पश्चिम बंगाल राज्यमा चट्याङ लागेर कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा पश्चिम बंगालको हुगलीमा १०, मुर्शिदाबादमा ९, हवाडामा २ र पश्चिम मोदिनीपुरमा २ जना छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चट्याङमा परेर मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
 



Author

थप समाचार
x