विश्व

महात्मा गान्धीकी पनातिनीलाई सात वर्षको जेल सजाय

इकागज |
जेठ २५, २०७८ मंगलबार १२:१५ बजे

काठमाडौँ : महात्मा गान्धीकी पनातिनी आशिष लता राम्बोगिनलाई दक्षिण अफ्रिकाको एक अदालतले फ्रड केसका लागि सात वर्ष जेल सजाय सुनाएको छ । तीन करोड २२ लाख भारतीय रुपैयाँ फ्रड गरेको भन्दै अदालतले कैद सजाय सुनाएको हो । 

अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमका अनुसार उनीमाथि व्यवासायी एसआर महाराजमाथि फ्रड गरेको अभियोग छ । भारतबाट मालवस्तुको आयात छुटाउनका लागि उनले महाराजसँग तीन करोड २२ लाख भारु एड्भान्स लिएको अभियोग छ । 


आशिष महात्मा गान्धीकी नातिनी एला गान्धीकी छोरी हुन् । एला गान्धी दक्षिण एसियाकी अधिकारकर्मी हुन् ।  


Author

थप समाचार
x