ब्राजिलमा बाढी र डुबान : २३ को मृत्यु, ५ हजार विस्थापित
रियो दि जिनरियो- दक्षिणपूर्वी ब्राजिलमा शुक्रबारदेखि परेको भारी वर्षाका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ ।
ब्राजिलका समाचार संस्थाका अनुसार सो बाढी र डुबानका कारण ५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।
एस्पिरिटो सान्तो र रियो दि जेनेरियो राज्यहरू भारी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका थिए । जहाँ क्रमशः १५ र आठ जनाको मृत्यु भएको थियो ।
अविरल वर्षाका कारण बाढी र पहिरोका कारण राज्यका ५ हजारभन्दा बढी मानिसले घर छाड्नु परेपछि अस्थायी क्याम्पमा राखिएको छ । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया