विश्व

सोमालियमा अल सेबाबका सत्र विद्रोही मारिए

इकागज |
जेठ २९, २०७८ शनिबार १९:४० बजे

मोगादिसु :  सोमालियामा सेनाले गरेको कहारबाहीमा परेर १७ सशस्त्र लडाकूहरुको ज्यान गएको छ । यहाँका सैन्य अधिकारीहरूले दिएको जानकारीअनुसार सोमालियाका विभिन्‍न दुई प्रान्तमा सेनाले गरेको कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका १७ जना लडाकू मारिएका हुन् ।

यहाँको हिरान भन्‍ने स्थानमा सोमालियको राष्ट्रिय सेनाले विद्रोहीका विरुद्धमा कारबाही गरेको थियो । सो कारबाहीमा र सो क्षेत्रको केही पर रहेको नमाम भन्‍ने नगरमा भएको अर्को एक कारबाहीमा परेर १७ जना विद्रोही मारिएका हुन् ।


ती क्षेत्रमा लामो समयदेखि अल सेबाबका लडाकूहरूले हतियार लुकाएर राखेका र हिंसात्मक गतिविधि गर्ने गरेको सूचना सेनाले पाएको जनाएको थियो । त्यस सूचनाका आधारमा यहाँको सेनाले ती क्षेत्रमा केही दिनदेखि कारबाही पनि जारी राखेको थियो । 

त्यस कारबाहीमा परेर अरु पनि कैयौँ विद्रोही मारिएको आशंका गरिएको छ । अरु कैयौँ घाइते पनि भएका छन् । शुक्रबार यहाँको सेनाले कारबाही गरेको थियो । यस कारबाहीमा परेर के कति विद्रोही मारिएका छन् भन्ने बारेमा स्पष्ट सूचना आउन बाँकी रहेको बताएको छ । (रासस)
 


Author

थप समाचार
x