विश्व

चीनमा ग्यास विस्फोटन हुँदा १२ को मृत्यु

इकागज |
जेठ ३०, २०७८ आइतबार १३:१६ बजे

वुहान :  चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास विस्फोटनमा परेर १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । 

खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् । 
शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६.३० बजे उक्त बिस्फोट भएको थियो । बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो । 


खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन् । (रासस)
 


Author

थप समाचार
x