विश्व

भारतीय ट्राफिक प्रहरीलाई वातानुकूलित हेल्मेट दिइने

इकागज |
बैशाख ८, २०८१ शनिबार २१:४६ बजे

काठमाडौँ- भारतका विभिन्न राज्यका प्रहरी विभागहरूले गर्मीका बीच सडकमा खटिने आफ्ना ट्राफिक कर्मचारीहरूका लागि वातानुकूलित हेल्मेट दिने बताएका छन् । 

हेल्मेटले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा शीतल महसुस गराउने र आँखालाई सूर्यको प्रकाशबाट जोगाउन सहयोग गर्ने अधिकारीहरूले बताएका छन् ।


गुजरातमा अत्यधिक गर्मीका कारण सडकमा ट्राफिक प्रहरी बेहोस भएको खबर आएपछि सेवामा रहेका ट्राफिकलाई यो हेल्मेट दिने तयारी भएको हो ।

हेल्मेटले कम्मरमा फिट गरिएको ब्याट्रीबाट काम गर्दछ । यसमा चार्जिङ प्वाइन्ट रहेको छ र एक पटक पूरा चार्जमा गरेपछि आठ घण्टासम्म चल्छ ।    

भारतीय मौसम विज्ञान विभागले अप्रिलदेखि जुनसम्म देशले अत्यधिक गर्मीको सामना गर्नुपर्ने र मध्य र पश्चिमी प्रायद्वीपीय क्षेत्रहरू सबैभन्दा बढी प्रभावित हुने अनुमान यही महिनाको सुरुमा गरेको थियो । एजेन्सी


Author

थप समाचार
x