विश्व

सोमाली सेनाको कारबाहीमा १६ विद्रोहीको मृत्यु

इकागज |
असार १, २०७८ मंगलबार ६:३० बजे

मोगादिशु : सोमालियाको सेनाले जुबाको दक्षिणी क्षेत्रमा गरेको सैन्य कारबाहीमा विद्रोही अल-शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ । सैनिक प्रवक्ताका अनुसार आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् । 

सेनाका प्रवक्ता अरब धिग अहमदले किसमायो शहरको बाहिरी इलाकाहरु बरहानी र लिबो कुसमा सेनाले विद्रोही विरुद्ध कारबाही गरेको जानकारी दिए । अहमदले विद्रोही लडाकूले सेनासँगको भिडन्तमा निकै शसक्त प्रतिरोध गर्ने प्रयोग गरे पनि उनीहरु सफल नभएको बताए । सेनाको रेडियोमा बोल्दै उनले उक्त क्षेत्रमा सेनाको कारबाही निरन्तर रहनेछ भने ।


जुबाको दक्षिणी क्षेत्रमा इस्लामिक कट्टरपन्थी लडाकू समूह अल-शबाब विरुद्ध सोमाली सेनाले निरन्तर सैन्य कारबाही अघि बढाएको छ । यस क्षेत्रका कैयौं गाउँमा अल-शबाबले नियन्त्रण कायम गर्नुका साथै सेनाका अभियानलाई अबरोध गर्न बारुदी सुरुङ बिछ्याउने गरेका छन् । (सिन्ह्वा)


Author

थप समाचार
x