दक्षिणी ब्राजिलमा बर्षा, ५८ जनाको मृत्यु
काठमाडौँ - ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ । राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन् ।
यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ । साथै ६७ जना बेपत्ता रहेको बताइएको छ । ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रे सहर बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । रियो ग्रान्डे डो सुलमा आएको हावाहुरीका कारण तीन सय नगरपालिका प्रभावित भएका छन् ।
ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा वर्षाका कारण बाँध भत्किने खतरा छ । शहरबाट बग्ने गुआबा नदी ५.०४ मिटरको रेकर्ड उचाइमा छ, जुन १९४१ पछि सबैभन्दा उच्च हो। उद्धारकर्मीहरूलाई मानिसहरूको उद्धार गर्न समस्या भइरहेको छ । पानीको बहावका कारण सडकहरू भत्किएका छन् भने पुलहरू बगेका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार उद्धारकर्मीहरूले मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याउने प्रयास गरिरहेका छन् । पोर्टो एलेग्रे एयरपोर्टले शुक्रबार मे ३ मा अनिश्चितकालका लागि उडानहरू स्थगित गर्यो। मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा भारी वर्षा हुने चेतावनी दिएको छ ।
अविरल वर्षाका कारण सहरका ३ भन्दा बढी जलविद्युत बन्द भएका छन् । जसका कारण सहरमा पिउने पानीको अभाव छ । ५ लाख जनताले पिउने पानी पाएका छैनन् । रियो ग्रान्डे डो सुल गभर्नर एडुआर्डो लेइटले भने, उनको राज्यलाई प्रकोप पछि पुनर्निर्माण गर्न ठूलो लगानीको 'मार्शल योजना' चाहिन्छ । हामीले आजसम्म यस्तो अवस्था देखेका छैनौं। यो देशको सबैभन्दा खराब अवस्था हो ।
पोर्टो एलेग्रे सहरका मेयर सेबास्टियो मालोले शनिबार सहरको अर्को नदी ग्राभाताई खतराको चिन्हभन्दा माथि बढेपछि बाढी प्रभावित क्षेत्रहरू खाली गर्न मानिसहरूलाई सल्लाह दिए। उनले जनतालाई सहयोग गर्ने आश्वासन दिएका छन् ।
ब्राजिलका राष्ट्रपति ब्राजिलले बाढी प्रभावित क्षेत्रको भ्रमण गरी केन्द्र सरकारबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले बाढी र वर्षाका लागि जलवायु परिवर्तनलाई पनि दोष दिएका छन् । ब्राजिलको मौसम विभागले पनि वर्षाको तीव्रताको लागि एल निनो जिम्मेवार रहेको बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया