विश्व

जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी

इकागज |
बैशाख २९, २०८१ शनिबार १६:१६ बजे

ओटावा​ -क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा जङ्गलमा लागेको नियन्त्रणबाहिरको डढेलोका कारण दुई समुदायका लागि शुक्रबार राति निकासीको चेतावनी जारी गरिएको छ ।

उक्त दुई समुदाय ‘फोर्ट म्याकमुरे’ र ‘सप्रे क्रिक एस्टेट’ का थिए । आगो हाल फोर्ट म्याकमुरेको २५ किलोमिटर दक्षिणपश्चिममा रहेको र धुवाँले फोर्ट म्याकमुरेको दक्षिणी राजमार्ग ६३ मा दृश्यतालाई असर गर्न सक्छ ।


प्रभावित क्षेत्रका बासिन्दाहरूलाई छोटो सूचनामा खाली गर्न तयार रहन जानकारी दिइयो । क्यानाडाली इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार शुक्रबार देशभर एक सय १७ वटा आगो सक्रिय रूपमा लागिरहेको छ र तीमध्ये ३३ वटा नियन्त्रण बाहिर रहेका छन् ।

क्यानाडा सरकारले देशभर सामान्यभन्दा माथिको तापक्रमले ठूलो जङ्गली डढेलोको जोखिम निम्त्याउन सक्ने बिहीबार चेतावनी दिएको छ । सन् २०२३ मा क्यानाडाको डढेलोको सिजन रेकर्डमा सबैभन्दा विनाशकारी हो ।

क्यानाडाको राष्ट्रिय फायर डाटाबेसका अनुसार सन् २०२३ मा देशभर सात हजार एक सय ३१ आगलागी हुँदा १७ करोड दुई लाख तीन हजार छ सय २५ हेक्टर जमिन जलेको थियो ।
रासस


Author

थप समाचार
x