विश्व

इन्डोनेसियामा ६.१ म्याग्‍निच्यूडको भूकम्प

इकागज |
असार २, २०७८ बुधबार १६:११ बजे

जाकार्ता : इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरूले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ । 

स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ । रासस
 



Author

थप समाचार
x