विश्व

सोमालियामा अल सेबाबका ९ लडाकु मारिए

इकागज |
असार २, २०७८ बुधबार २०:३८ बजे

मोगादिसु : सोमालियामा सेनाले गरेको कारबाहीमा नौ सशस्त्र लडाकु मारिएका छन् । सैन्य अधिकारीहरूले दिएको जानकारीअनुसार सोमालियाको मध्य भागमा रहेको एक प्रान्तमा सेनाले गरेको कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका नौ लडाकु मारिएका हुन् ।

सोमालियको मध्य प्रान्त साबेलेमा राष्ट्रिय सेनाले विद्रोहीका विरुद्धमा कारबाही गरेको थियो । सो कारबाहीमा परेर नौ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् । सोमालियामा केही दिनमात्र अघि पनि नमाम भन्ने नगरमा भएको अर्का एक कारबाहीमा परेर १७ जना विद्रोही मारिएका थिए ।


ती क्षेत्रमा लामो समयदेखि अल सेबाबका लडाकूहरुले हतियार लुकाएर राखेका र हिंसात्मक गतिविधि गर्ने गरेको सूचना सेनाले पाएको जनाएको थियो । त्यस सूचनाका आधारमा यहाँको सेनाले ती क्षेत्रमा केही दिनदेखि कारबाही पनि जारी राखेको थियो । मंगलबारको कारबाहीमा परेर अरु पनि कैयौँ विद्रोही मारिएको आशंका गरिएको छ । अरु कैयौँ घाइते पनि भएका छन् । (रासस)
 


Author

थप समाचार
x