विश्व

बंगलादेशमा लकडाउन थप एक महिना लम्ब्याइयो

इकागज |
असार ३, २०७८ बिहीबार १८:१६ बजे

ढाका : बंगलादेशमा पछिल्लो समयमा कोभिड संक्रमण बढ्दै गएपछिजारी रहेको लकडाउन थप एक महिना लम्ब्याइएको छ । बंगलादेश सरकारले कोभिड संक्रमण  नघटेपछि जारी लकडाउनलाई बुधबार रातिदेखि एक महिना लम्ब्याइएको हो ।

थपिएको लकडाउन आगामी महिना जुलाइको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको बताइएको छ । त्यस अवधिका लागि सार्वजनिक यातायताका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरु सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ ।


सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन केही घन्टा छुट्याएर खोल्न दिइने छ । यो लकडाउन देशैभरि लगाइएको बताएको छ । बंगलादेश सरकारको मन्त्रीपरिषदको बैठकले बुधबार लकडाउनको समयावधि थप गरेको जनाएको छ । बंगलादेशमा पनि पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । रासस
 


Author

थप समाचार
x