जीपले अमेरिकाको लागि सार्वजनिक गर्यो आफ्नो पहिलो ईभी
काठमाडौँ- अफ-रोड सवारी साधनहरू निर्माणका लागि चर्चित कम्पनी जीपले उत्तर अमेरिकी बजारमा आफ्नो पहिलो पूर्ण रूपको विद्युतीय एसयूभी सार्वजनिक गरेको छ ।
जीपले पहिले नै युरोपमा सानो एभेन्जर ईभी बिक्री गरिरहेपनि बिहीबार राति अनावरण गरिएको 'वागनोनिर एस' यस वर्षको अन्त्यमा अमेरिका र क्यानडासँगै अन्य बजारहरूमा बिक्री हुने सीएनएनले जनाएको हो ।
यससँगै 'वागनोनिर एस' जीपको पहिलो 'ग्लोबल' ईभी बन्नेछ ।
'वागनोनिर एस' ले पूर्ण रूपमा विद्युतीय मोडलका लागि जीपका ग्राहकहरूको चाहना परीक्षण गर्ने अपेक्षा गरिएको छ ।
विद्युतीय सवारीसाधनमा चासो घट्ने समय आउनुका साथै नियामक आवश्यकताहरू अझ कडा हुँदै गए पनि नयाँ एसयूभीले जीपको मूल कम्पनी स्टेलान्टिसको ईभी विकास र निर्माण गर्ने लचिलो रणनीतिलाई मूर्त रूप दिने अपेक्षा छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया