विश्व

बिहारमा पाँच सिटमा चिराग पासवानको पार्टी अगाडि

इकागज |
जेठ २२, २०८१ मंगलबार १६:१५ बजे

काठमाडौँ - बिहारमा चिराग पासवानको लोक जनशक्ति पार्टी (रामविलास) पाँच सिटमा अगाडि छ । चिराग पासवानको पार्टी एनडीएको हिस्सा हो।

पाँच सिटमा आफ्नो जित नजिक देखेर चिराग पासवानले सामाजिक सञ्जालमा लेखेका छन्, 'फेरि एकपटक - मोदी सरकार। म र मेरो पार्टी लोक जनशक्ति पार्टी (रामविलास) देशका सफल प्रधानमन्त्री आदरणीय श्री नरेन्द्र मोदीको समर्थनमा दृढताका साथ खडा छौं।' 


चिरागले लेखेका छन्, 'प्रधानमन्त्रीको नेतृत्वमा एनडीएले पूर्ण बहुमतको सरकार बनाउन लागेको छ। देशले तेस्रो पटक बलियो र शक्तिशाली सरकार पाउन लागेको छ।'

निर्वाचन आयोगका अनुसार बिहारको कुल ४० लोकसभा सिटमध्ये जेडीयू १४, भाजपा १२, आरजेडी ४ र कांग्रेस २ मा अगाडि छ।
 


Author

थप समाचार
x