विश्व

जनादेश प्रधानमन्त्री मोदी र उहाँको राजनीतिक शैलीविरुद्ध छ : खड्गे

इकागज |
जेठ २३, २०८१ बुधबार २२:० बजे

भारत - काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले बुधबार लोकसभा चुनावको नतिजा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि व्यक्तिगतरूपमा राजनीतिक क्षतिका साथै ‘नैतिक पराजय’ भएको बताएका छन । 

 “म इन्डिया गठबन्धनका सबै साझेदारहरूलाई स्वागत गर्दछु । हामीले राम्रोसँग, एकजुट भएर र दृढतापूर्वक लडेका छौँ । जनादेश निर्णायकरूपमा मोदी र उहाँको राजनीतिको सार र शैलीको विरुद्धमा छ । यो उहाँको लागि व्यक्तिगत रूपमा नैतिक पराजय पनि हो”, आफ्नो निवासमा आयोजित ‘इन्डिया गठबन्धन’ बैठकमा उनले भने, “भारतले हाम्रो संविधानको प्रस्तावनामा निहित मूल्य र आर्थिक, सामाजिक तथा राजनीतिक न्यायका लागि यसका धेरै प्रावधानप्रति मौलिक प्रतिबद्धता साझा गर्ने सबै पक्षहरूलाई स्वागत गर्दछ ।”


 बैठकमा सहभागी हुनका लागि भारतका कैयौँ नेता काङ्ग्रेस अध्यक्षको घर पुगेका छन् । बैठकमा काङ्ग्रेस संसदीय दलका अध्यक्ष सोनिया गान्धी र नेता राहुल गान्धी पनि पुगेका थिए । केन्द्र सरकार बनाउने रणनीतिबारे  छलफलका लागि बैठकअघि समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव आफ्ना काका रामगोपाल यादवसँगै खड्गे निवास पुगेका थिए । 

काङ्ग्रेस कार्यकर्ताहरूले दिल्लीमा काङ्ग्रेस अध्यक्ष खड्गेको निवासबाहिर पार्टी नेता राहुल गान्धीको समर्थनमा नारा लगाएका थिए ।

 उता एनडीए नेताहरूले एनडीए बैठकमा सर्वसम्मतिले नरेन्द्र मोदीलाई आफ्नो नेताको रूपमा चयन गर्न प्रस्ताव पारित गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री मोदीले जुन ८ मा तेस्रो पटक सपथ लिनेछन् । 


Author

थप समाचार
x